२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पठाओको दशैं महोत्सव: राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

२०७८, २८ भाद्र सोमबार ०५:५१

भदौ २८, काठमाडौं। राइड सेयरिङ सेवा पठाओ नेपालले दशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरी ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ ।

असोज १ गतेदेखि २० गतेसम्म चल्ने महोत्सवमा हरेक हप्ता ५ जना टप राइडर, ३ जना टप क्यापटेन र एकजना टप फुडम्यानलाई उपहारहरु प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक)ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाचौँ उपहारमा मिक्सर जित्न सकिनेछन् । 

महोत्सवको अन्तिममा ३ हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटीआर १६० २भी प्राप्त गर्नेछन् । त्यसैगरी  उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् ।

राइडर, क्याप्टेन र फुडम्यानले उपहार जित्नका लागि धेरैभन्दा धेरै ट्रिप अथवा डेलिभरी गरेको हुनुपर्नेछ । त्यस्तै राइडर र फुडम्यानले पठाओको ‘रुल बुक’ अनिवार्य रुपमा अनुसरण गरेको हुनुपर्नेछ । रुल बुक अनुसरण नगर्ने राइडर अथवा फुडम्यान ‘सस्पेन्ड’ पनि हुनसक्छन् । 

राइडर वा फुडम्यानले आफैँले आफूलाई राइड वा फुड रिक्वेस्ट गरेमा त्यो मान्य हुनेछैन । त्यसैगरी आफ्नै साथीभाईहरू मिली राइड वा फुड रिक्वेस्ट पनि गर्न पाइने छैन भने कुनै ग्राहक बिना नै राइड शुरू र अन्त्य गर्न पाइने छैन अथवा रिक्वेस्ट आएको स्थानमा नपुगी राइड इन्ड गर्न पाइनेछैन । साथै कुनै पनि राइडरले अफलाइन ट्रिप गर्न पाइने छैन । 

पठाओ सेवाग्राहीले यो महोत्सवमा उपहार जित्नको लागि २० दिनको अवधीभित्र बाइक राइड, ट्याक्सी राइड, फुड वा पठाओ बजार गरी कम्तीमा २० पटक एप प्रयोग गरी पठाओको सेवा प्रयोग गरेको हुनुपर्नेछ । साथै सेवाग्राहीको एपमा आधिकारिक नाम र जन्ममिति उल्लेख भएको हुनुपर्नेछ ।  

‘कोभिडले सबैलाई असर गरेको छ । हाम्रो व्यवसाय पनि त्यसबाट टाढा रहने कुरा भएन। दैनिक कामले गुजारा गर्ने हाम्रा राइडर, क्याप्टेन र फुडम्यान साथीहरुलाई झन असर गरेको छ,’ पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमाल थप्छिन्,  ‘कोभिडको समयमा पनि उहाँहरुले काममा खटेर सेवाग्राहीको दैनिकी सहज बनाउन देखाएको मेहनत र उत्साहलाई सम्बाेधन गर्दै दशैं महोत्सव सार्वजनिक गरिएको हो ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा शुरू गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा शुरू गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुराँका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा शुरू गरेको थियो। 

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि शुरू गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि शुरू गरिएको पठाओ बजार परीक्षणका क्रममा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी