७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अंकको सुधार

५ आश्विन २०७८, मंगलवार ११:०२

न्युज कारखाना  । ५ असोज, काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो ।

नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार सात सय १२ दशमलव ०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक बढे पनि अन्त्यमा १३ अंकले बढेर कारोबार बन्द भएको छ ।  

मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ । सोमबार साढे आठ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।मंगलबार सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरू छन् । जसको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ । 

त्यस्तै दोस्रोमा रूरू हाइड्रोपवरको शेयर मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर तीन सय ८२ रुपैयाँ पुगेको छ । निफ्राले मंगलबार नै ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह