१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

७ आश्विन २०७८, बिहीबार ०५:४६

असोज ७, काठमाडौँ (रासस)। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पु¥याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गर्नुभएको हो ।

“चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्न जाने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या हुने देखिन्छ”, अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

महासङ्घका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताउनुभयो । “यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म लैजान सडक अवरुद्धले समस्या पर्ने भएकाले अग्रिम टिकट बुकिङ खोल्न समस्या देखिन्छ”, उहाँले भन्नुभयो । राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फीरूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासङ्घले सरकारसँग जोडदार माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित