१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले

८ आश्विन २०७८, शुक्रबार ०४:५२

असोज ८, काठमाडौँ (रासस)। नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको हो । सो कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थी विशेष जिल्ला कमिटी क्रियाशील छन् ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पार्टीको भूगोल कमिटीमा प्रत्यक्ष आवद्ध भएर काम गर्न नमिल्ने, कामको प्रकृतिका हिसाबले उपत्यकामा अनेकौँ काम विशेषका कारणले आफ्नो जन्मथलोबाट उपत्यका आएर बसेका सामुदायिक, पेशागत तथा सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिलाई देशको राज्यको मूल प्रवाहमा ल्याउने र आफ्नो सीप, अनुभव, विज्ञता, योग्यता तथा क्षमतालाई राष्ट्र निर्माण र जनताको सेवामा समर्पित गर्दै काम गरेका व्यक्तिलाई सङ्गठित गरिएको बताउनुभयो । सो प्रदेशको आयोजनामा बिहीबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बृहत् कार्यकर्ता भेला आयोजना गरिएको थियो ।

अध्यक्ष शाक्यले सामाजिक क्षेत्रका साथै विभिन्न उत्पादनशील क्षेत्रमा समेत पार्टी कामलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको जनाउँदै पेशागत, प्राविधिक, सूचना, सञ्चार, श्रम, प्रवासबाट फर्किएका श्रमिक, खेलकुद, मनोरञ्जन क्षेत्र, सुरक्षा, पर्यटन, उद्योग, व्यापार–व्यवसाय, कला, साहित्य–संस्कृतिको क्षेत्रमा समेत यस किसिमका सङ्गठनात्मक गतिविधिलाई अघि बढाइने बताउनुभयो ।

उहाँले यस क्षेत्रमा कार्यरत पेशाकर्मी, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थीको हकहित र उन्नतिका लागि सङ्गठित तथा परिचालित गर्ने, आफ्नो पेशागत हकहित सुरक्षा र स्तरोन्नति गर्दै आ–आफ्नो क्षेत्रको विशेषज्ञका रूपमा जनशक्ति निर्माणका लागि प्रेरित गर्दै आवश्यक समन्वय तथा सहजीकरण गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रमा रही पार्टीप्रति प्रतिबद्ध, अनुशासित, निष्ठावान र समर्पित बनी काम गरिने पनि उहाँको भनाइ छ ।

यसैबीच एमालेको यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रस्तुत गरिने राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदामाथि छलफल गर्न यही असोज ८ र ९ गते पार्टीको केन्द्रीय कमिटीको बस्दैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित