२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश, व्यवसाय विस्तारमा उल्लेख्य प्रगति

२०७८, ८ आश्विन शुक्रबार ०५:५०

असोज ८, काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गते आजकै दिनबाट कारोबार शुरु गरेको कम्पनीले व्यवसाय विस्तार गर्ने क्रममा शाखा विस्तार, नयाँ/नयाँ सुविधा सहितका जीवन बीमा योजनाहरु, सेवामा गुणस्तरियता लगायत जीबन बीमा सम्बन्धी जनचेतना जगाउने कार्यलाइ तिव्रताका साथ अगाडि बढाउँदै आफुलाइ अग्र पंक्तीमा उभ्याउन प्रयासरत रहेको पाइन्छ ।

कम्पनीले छोटो अवधिमा नै उत्कृष्ट कार्य गर्दै आएको छ । बीमितहरुलाई छिटो छरितो तथा सहज सेवा पस्कदै आएको छ।  गत आर्थिक वर्षको वित्तीय विवरण अध्ययन तथा विश्लेषण गर्दा कम्पनीले प्रत्येक त्रैमासमा नयाँ उचाइ हासिल गरेको देखिन्छ ।


चार वर्षको अवधिमा कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरी आफ्ना बीमितहरुलाई सेवा प्रवाह गर्दै आएको छ । कम्पनीले यस अवधिमा सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने योजना रहेको छ ।

२ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ३.१० अर्ब कुल बीमा शुल्क सहित हाल सम्म ६.९० अर्ब कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । ४ अर्बको जीबन बीमा कोषमा रहेको छ । कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरेको छ । कुल ७ अर्ब लगानी गरेको छ ।

त्यसैगरी कम्पनीमा हाल १० हजार भन्दा बढी सक्रिय अभिकर्ताहरु आबद्ध रहेका छन् । कम्पनीबाट ९० हजार भन्दा बढी बीमितले सेवा पाइरहेका छन् । कम्पनीले ISO 9001:2015 गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरिसकेको छ ।

यस अवसरमा कम्पनीलाई चार वर्षको यात्रासम्म निरन्तर साथ दिने सम्पूर्ण शेयरधनी कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु, वित्तीय संस्थातथा संस्थागत अभिकर्ताहरु, कम्पनीको बीमालेख लिई सेवा गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण बीमितहरु, कम्पनीको प्रचार प्रसारमा सहयोग गर्ने संचार क्षेत्र र कम्पनीलाई सधैं दिशानिर्देश गरि सहयोग पुर्याउने बीमा समिति लगायत अन्य नियामक निकायहरु प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको छ ।

साथै आगामी दिनहरुमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले विश्वास, साथ र निरन्तर सहयोगको अपेक्षा गरेको छ ।




 









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध