असोज ८, काठमाडौँ । प्रभु मनि ट्रान्सफरले दसैंतिहारलाई लक्षित गरेर 'प्रभु छ साथमा, नगद उपहार हातमा' योजना ल्याएको छ। रकम पठाउन तथा प्राप्त गर्ने माध्यम प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिने ग्राहकका लागि नयाँ योजना ल्याएको हो।
नयाँ योजना अन्तर्गत प्रत्येक दिन १ जनाले सात हजार रुपैयाँका दरले रकम जित्न सक्नेछन्। यो योजना असोज १४ गतेबाट सुरु हुने छ। प्रभु मनि ट्रान्सफरले विदेशमा रहेका नेपालीले पठाउने पैसा देशभरका जुनसुकै स्थानमा भुक्तानी गर्छ।