६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयरकारोबार : नेप्से परिसूचक २८ सय १९ अंक पुग्यो

९ आश्विन २०७८, शनिबार ११:३९

असोज ९, काठमाडौँ  । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको हो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८ सय १२ अंकमा रोकिएको थियो । यो साताको पहिलो कारोबार दिन असोज ४ गते परिसूचकमा ११४ अंकको गिरावट आएको थियो । त्यसपछि असोज ५ गते १३ अंकको बृद्धि भएको थियो । यस्तै, साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेपछि साताभर ७ अंकको सुधार आउँदै बन्द भएको हो । परिसूचक बढेसँगै नेप्सेको कुल बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।  

गतसाता बजार पूँजीकरण ३९ खर्ब ३५ अर्ब रुपैयाँ थियो । यसैगरी, यो साता कारोबार भएका चार दिनमा २९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, यो साता नेप्सेको सेन्सेटिभ इन्डेक्स ४.२४ अंकले बढ्दा फ्लोट इन्डेक्स चाहिँ १.६५ अंकले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या