२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ५० अंककाे वृद्धि, सबै समूह हरियाली

२०७८, १३ आश्विन बुधबार १०:१४

असोज १३ काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएको छ। यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ। यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्।

यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थिर रहेकाे छ। धेरै मूल्य कमाउनेमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे। ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी र कालिका पावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

यस दिन मेगा बैंकको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घटेको छ। मेगाको मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ कायम भएको छ। त्यस्तै युनिलिभर नेपालको मूल्य ३.८ प्रतिशतले घटेर प्रतिकित्ता १८ हजार ८ सय रुपैयाँ कायम भयो। कारोबारका आधारमा पनि यस दिन अपि पावर अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भयो। हिमालयन डिस्टिलरी, नेपाल बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आइसिएफसी फाइनान्स पनि कारोबारका आधारमा अगाडि रहे।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ