६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ५० अंककाे वृद्धि, सबै समूह हरियाली

१३ आश्विन २०७८, बुधबार १०:१४

असोज १३ काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएको छ। यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ। यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्।

यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थिर रहेकाे छ। धेरै मूल्य कमाउनेमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे। ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी र कालिका पावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

यस दिन मेगा बैंकको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घटेको छ। मेगाको मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ कायम भएको छ। त्यस्तै युनिलिभर नेपालको मूल्य ३.८ प्रतिशतले घटेर प्रतिकित्ता १८ हजार ८ सय रुपैयाँ कायम भयो। कारोबारका आधारमा पनि यस दिन अपि पावर अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भयो। हिमालयन डिस्टिलरी, नेपाल बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आइसिएफसी फाइनान्स पनि कारोबारका आधारमा अगाडि रहे।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या