२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साहस ऊर्जाको आईपीओ बाँडफाँट : कतिले पाए सेयर ?

२०७८, १७ आश्विन आईतवार ०७:३४

असोज १७ , काठमाडौं। साहस ऊर्जा लिमिटेडको साधारण सेयर  (आईपीओ) आइतबार बाँडफाँट भएको छ। कम्पनीको आईपीओ आज (आइतबार) बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो।

एनआईबीएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ आवेदन परेको थियो। जसमध्ये २३ लाख ८३ हजार ४६० आवेदन सदर भएका थियो। जसलाई बाँडफाँट गोलाप्रथाबाट गर्दा भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। बाँकी १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ। कुल आवेदन परेकामध्ये ११ हजार ९९६ आवेदन बदर भएको थियो।

कम्पनीले गत असोज ६ गतेदेखि १० गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

कम्पनीको आईपीओ बाँडफाँड गरिए पनि डाटालाई सर्भरमा अपलोड गर्नुपर्ने भएकोले सर्वसाधारणले अन्तिम नतिजा (रिजल्ट) भने केही घन्टापछि मात्र हेर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा