२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३३ किलो सुनकाण्ड : गोरेसहित ६ जनालाई जन्मकैद सजाय

२०७८, १९ आश्विन मंगलवार ११:३६

असोज १९ , विराटनगर। ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ । तस्करी गरिएको भनिएको परिणामअनुसारको सुन फेला नपरेको साथै मागदावी नपुगेको भन्दै सुन प्रकरणमा भने सफाइ दिइएको हो।

जन्म कैद सजाय पाउनेहरुमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । त्यस्तै राजन कुमारलाई ३ वर्ष र मदन घिमिरेलाई ६ महिना कैदको सजाय तोकिएको छ।

२०७४ साल माघमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो तस्करीको सुन हराएको थियो । त्यसपछि तस्करहरुको खोजी भइरहेका बेला सुन तस्करीमा भरिया तथा तस्करीको आरोप लागेका गोरे भनिने चुडामणि उप्रेतीका अकाउण्टेन्ट मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि बाहिरिएको भिडियोले सुनको ठूलो जालो सार्वजनिक भएको थियो।

यस्तै सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले प्रमाणको अभावमा भन्दै उनीहरुलाई सफाइ दिएको हो ।

सुन तस्कारी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये २१ जना भने फरार छन्। उनीहरुको मुद्दालाई भने मुलतवीमा राखिएको छ। अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन्। अन्यले सफाइ पाएका छन्। फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ