१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार ३२ दशमलव २९ अंकले घट्यो, एक कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

७ मंसिर २०७८, मंगलवार ११:०३

मङ्सिर ७, काठमाडौं | साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।  मंगलबार नेप्से ३२ दशमलव २९ अंकले घटेर दुई हजार ७३३ दशमलब १२ विन्दुमा पुगेर बन्द भएको हो ।

कारोबार रकम भने सामान्य मात्रामा बढेको छ । २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

सोमबार नेप्सेमा तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । बैंकले ४१ करोड भन्दा बढीको कारोबार गरेको छ ।

नेप्सेका अनुसार अन्य समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे भएको छ ।  होटल तथा टुरिजम, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचक शून्य दशमलव ४३ प्रतिशतसम्मले घटेका छन् ।

एउटा कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेको छ ।  मानुषी लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार ९९० रुपैयाँ १० पैसा पुगेको छ ।

आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन