२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिडले सुस्ताएको होटेललाई कांग्रेस महाधिवेशनले राहत

२०७८, ९ मंसिर बिहीबार ११:२८

मंसिर ९, खोटाङ, न्युज कारखाना  | कांग्रेस अधिवेशनका कारणा खोटाङका होटेल व्यववसायीले केही राहत महसुस गरेका छन् । कोभिड-१९ को महामारीका कारण दुई वर्षदेखि ग्राहक नपाउँदा सुस्ताएको दिक्तेल, हलेसी र सिमपानीका होटेलहरू कांग्रेस अधिवेशनकाे जमघटका कारण चलायमान बन्न पुगेको छन् ।

होटेल तथा पर्यटन व्यवसायी संघ खोटाङका अध्यक्ष जेपी राईका अनुसार महामारीका कारण घाटा बेहोरिरहेका होटल सञ्चालकलाई अधिवेशनले राहत दिएकाे छ । ५-६ दिनयता दिक्तेल बजारका होटेल व्यवसायीलाई ग्राहकको सेवा गर्न भ्याइनभ्याइ छ । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका कारण दिक्तेल बजारका अधिकांश होटेल भरिएका छन् । छोटो समयका लागि भए पनि व्यवसायीलाई राहत महसुस गराएको राईले बताए । 

जिल्ला अधिवेशनका लागि क्षेत्रीय कार्य समिति (प्रदेश ख)बाट एक हजार तीन सयभन्दा बढी प्रतिनिधि दिक्तेलमा भेला भएका छन् । प्रतिनिधिसँगै नेता तथा कार्यकर्ता समेत भेला भएका छन् । ६ मंसिरका लागि तोकिएको जिल्ला अधिवेशनन चुनावी प्रकृयाका कारण चार दिन लम्बिदा होटेल व्यवसायीलाई फाइदा मिलेको छ ।

होटेल तथा पर्यटन व्यवसायी संघका अनुसार दिक्तेलमा साना तथा ठूलागरी १६० वटा जति होटेल छन् । अधिवेशनले गराएको जमघटले दिक्तेलमा दैनिक लजिङ-फुडिङमा कम्तीमा १३-१४ लाखको कारोबार भइरहेको व्यवसायी बताउँछन् । उद्योग बाणिज्य संघ खोटाङका पूर्वअध्यक्ष राजु लयालुका अनुसार दिक्तेल बजारका होटल सञ्चालकले कोभिड-१९ को महामारीपछि यो मात्रामा आम्दानी गरेको पहिलो हो । 

कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क)को अधिवेशनन हलेसी र (प्रदेश ख)को अधिवेशन सिमपानीमा ३ मंसिरमा गरिएको थियो । क्षेत्रीय अधिवेशनले पनि हलेसी र सिमपानीका होटल व्यवसायी लाभान्वित भएका छन् । ‘कोभिडले सुस्ताएको होटल व्यवसायलाई कांग्रेसको अधिवेशनले केही राहत दिएको छ । पाँच दिनमा दुई हजार मान्छेको चलखेल हुँदा दैनिक खानामा मात्र १४ लाख रुपैयाँ खर्च हुन पुगेको देखिन्छ,’ पूर्वअध्यक्ष लयालुले भने, ‘बजार केही चलायनमा भएको छ । व्यवसायीमा उत्साह जगाएको छ । यो बीचमा दुईदेखि अढाई करोडको व्यापार भएको आंकलन गरिएको छ ।’ 

कोभिड-१९ को महामारीका कारण हलेसीका दर्जनौं सुविधासम्पन्न होटल सुस्ताएको अवस्था छ । हलेसी मन्दिर आउने पर्यटक एवं दर्शनार्थी नै होटलका ग्राहक हुन् । तर, महामारीयता सुनसान जस्तै छ । पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसीबजारको अन्य व्यापार-व्यवसायमा समेत असर परेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ