२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन महिनामा एक खर्ब २२ अर्ब रुपैयाँ बराबरको उद्योग दर्ता

२०७८, १९ मंसिर आईतवार ०८:२९

मंसिर १९, काठमाडौं | चालु आर्थिक वर्षको तीन महिनामा १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार साउन महिना देखि असोज मसान्त सम्म १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको ८७ वटा स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका हुन् । 

विभागको तथ्याङक अनुसार उक्त संङख्यामा उद्योग दर्ता भएसँगै ८ हजार १ सय ३४ जनालाई रोजगारी दिन प्रस्ताव गरिएको छ । विदेशी लगानीमा १०७ वटा उद्योग दर्ता भएका छन् । जसको पुँजी २४ अर्ब रुपैयाँ रहेका छ । विदेशी लगानीमा दर्ता भएका उद्योगहरुमा ७ हजार १ सय ९५ जनालाई रोजगारी प्रस्ताव गरिएको छ । 

यस अवधिमा उद्योग डिजाइन दर्ता संङख्या ५, ट्रेडमार्क दर्ता संङख्या ९१० र प्रारम्भिक दर्ता  संङख्या १४ वटा रहेको विभागले जनाएको छ । त्यसैगरी तीन महिनाको अवधिमा २६ वटा ठुला उद्योग, ३४ वटा मझौला उद्योग र २७ वटा साना उद्योग दर्ता भएका छन् । 

दर्ता भएका ८७ वटा उद्योगहरु मध्ये बढी प्रदुषण हुने ३ वटा उद्योगहरुमा विभागले वातावरण व्यवस्थापन प्रणाली लागु गरेको छ । 

त्यसैगरी विभागले नेपालमा कच्चा पदार्थ उपलव्ध हुने र तुलनात्मक लाभ भएका औद्योगिक लगानीमा क्षेत्रको पहिचान सम्बन्धी अध्ययन गर्ने कार्यक्रम कार्यान्वयन गर्न सार्वजनिक खरिद ऐन बमोजिम परामर्शदाता छनौट गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ