२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग पूर्णरूपमा सञ्चालनमा

२०७८, २४ पुष शनिबार ०५:२०

पुस २४, काठमाडौँ | सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ ।

राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात  मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिराले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत्  नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोला नजिक माथिबाट झरेको सुक्खा पहिराले  राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरूद्ध भएको थियो । राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताउनुभयो ।

ठूलो सुक्खा पहिरो भएका कारण सुरक्षाकर्मीको रोहवरमा सावधानीपूर्वक कार्य गराउँदा निकै समय खर्चिनुपरेको थियो । ठाडो भिर पाखाको राजमार्ग भएका कारण हुनसक्ने खतराबाट जोगिन स्याफ्रुबेँसी–रसुवागढी खण्डमा पैदलयात्रा गर्दा वा सवारी साधन आवतजावत गराउँदा भू–धरातलको अवस्था हेरेर मात्र रोक्न वा अडिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ