पुस २९, गलकोट | बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उहाँलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, गलकोट | बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उहाँलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै"/>
२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योगी र व्यवसायीका गुनासा

२९ पुष २०७८, बिहीबार ०६:३१

पुस २९, गलकोट | बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उहाँलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै आइरहेको थियो । नालीको फोहरको दुर्गन्धमात्रै होइन, बर्खामा नालीको भल नै उद्योगमा पसेर लाखौँको धनमाल क्षति पु¥याने गरेको कँडेललले दुखेसो गर्नुभयो ।

“मलाई सफा स्थानमा उद्योग गर्नु पर्दछ भन्ने थाहा नभएको होइन, स्वच्छ स्थानको जग्गा चाहिएको छ तर जग्गा खोजेको पाइएन, सडकको नाली सफा गर्न नगरपालिका धाउने कि उद्योग चलाउने”, उहाँले भन्नुभयो, “अनुगमनमा आउने राज्य संयन्त्रले राज्यको तर्फबाट दिने सेवासुविधा उपलब्ध गराउनाका साथै, बाटोघाटोको सरसफाइसमेत हेर्न आवश्यक छ, उद्योगभित्र त मेरो कमजोरी भए कारबाही सहँुँला ।”

यस्तै  विसं २०४४ देखि पाउरोटी उद्योग सञ्चालन गर्दै आउनुभएका देउराली बेकरीका सञ्चालक मनोज थापाले धारामा आउने पानी नै दूषित भएपछि पाउरोटी बनाउन समस्या भएको बताउनुभयो । “खानेपानी नै दूषित आउँछ, हामीले भाँडाकुँडा सफा गर्नुपर्छ  भन्ने त थाहा छ तर जारको पानीले उद्योग चलाउन सक्ने अवस्था त छैन, धाराबाट  जहिल्यै पनि फोहर पानी आउँछ”, उहाँले भन्नुभयो, “दूषित खानेपानी वितरण गर्ने संस्थालाई कारबाही हुँदैन, यसमा हाम्रो उद्योगको के दोष, हामीलाई शुद्ध पानी चाहियो, उद्योगमा केही समस्या देखिए कारबाही भोगुला ।” 

यस्ता समस्या जिल्लाका उद्योगी तथा व्यवसायीका प्रतिनिधिमूलक समस्यामात्रै हो । उद्योगी व्यवसायीलाई अनुगमन गरेर कारबाही गर्नुपूर्व खाद्य स्वच्छता र कानुनी ज्ञान हुन आवश्यकसमेत रहेको अर्का व्यवसायी थानेश्वर कँडेलको भनाइ थियो । “राज्यले बेला–बेलामा अनुगमन, निरीक्षण तथा सुझाव–सल्लाह दिनुपर्दछ तर अनुगमनाका नाममा उद्योगी तथा व्यवसायीलाई निरुत्साहित गर्ने काम बन्द गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “व्यवसाय र उद्योग सञ्चालन गर्दा राज्यलाई कर तिरेका छौँ तर राज्यले दिने सेवा–सुविधासमेत गुणस्तरीय नहुनु दुखद् हो, सेचततापछि मात्रै अनुगमन आवश्यक छ, कतिपय व्यवसायीलाई खाद्य ऐनको विषयमा जानकारी नै छैन ।” 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले स्थापना भएको दुई वर्षपछि मात्रै उद्योगी तथा व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिन थालेको छ । ढिलै भए पनि खाद्य स्वच्छता भनेको के हो, उद्योग कसरी चलाउने, मिसावट नभएको वस्तु कसरी उत्पादन गर्ने र वस्तुमा गुणस्तरको मात्रा मिलाउनेजस्ता विषयमा उद्योगी तथा व्यवसायीलाई तालिम प्रदान गरिएको कार्यालय प्रमुख सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले अब अनुगमन मात्र नभएर सचेतनालाई पनि प्राथमकितामा राखेर कार्यक्षेत्र भित्र रहेका बागलुङ, मुस्ताङ र म्याग्दी जिल्लाका उद्योगी तथा व्यवसायीलाई सचेत गराउन थालिएको बताउनुभयो । “कानुनी प्रक्रिया पु¥याएर उद्योग स्थापना गर्ने, उद्योगमा काम गर्ने व्यक्ति सफा रहनुपर्ने, उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्नेलगायत काम हुन्छन्”, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “पहिला जिल्लाका गाउँ–गाउँका उद्योगी र व्यवसायीलाई समेत सचेत बनाएपछि मात्रै अनुगमनलाई तीव्रता दिने हाम्रो योजना रहेको छ ।”

उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जिल्लामा उत्पादित बस्तुभन्दा आयातित वस्तुका गुणस्तरमा  प्रश्नचिन्ह खडा हुँदै आएको छ भन्दै यहाँका व्यवसायीलाई मात्रै होइन, बाहिरबाट आउने वस्तुका विषयमा समेत अनुगमन हुन आवश्यक भएकामा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए