पुस २७, लमजुङ | ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । 

विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, लमजुङ | ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । 

विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरब"/>

९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेँसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै

२९ पुष २०७८, बिहीबार ०७:०६

पुस २७, लमजुङ | ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । 

विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ ।” पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्म सकिने छ । आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कूल रु ५२ करोड ९६ लाख खर्च हुने अधिकारीले जानकारी दिनुभयो । वर्खाका कारण असोजदेखि मात्र काम सुरु भएको आयोजनाले जनाएको छ ।

बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ । खुदीबाट मनाङसम्म सडकको ट्रयाक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो भारतीय विद्युत् मन्त्री काठमाडौँमा अस्थायी आवास निर्माण गर्न अनुदान वितरण कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल एक तोला सुनको मूल्य दुई लाख नजिक म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’ बर्सेनि बढ्दै चैते धानको आकर्षण बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने