१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

३० पुष २०७८, शुक्रबार ०८:५०

पुस ३०, मार्तडी | बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताउनुभयो । 

यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका औद्योगिक क्षेत्र विकास परियोजना नगरसभाले पारित गरेकोे उहाँले जानकारी दिनुभयो । 

आयतर्फ विभिन्न शिर्षकमा कूल चार करोड ५५ लाख ६० हजार ७८२ आम्दानी गर्ने लक्ष्य रहेकामा  हालसम्म रू २३ करोड ९२ लाख ८३ हजार २७६ आम्दानी भएको बताइएको थियो । 

नगरपालिकाको चालुतर्फको कूल रू ३० करोड ८८ लाख ७७  हजार ८२ बजेटमध्ये रू आठ करोड २६ लाख १९ हजार ७९५ खर्च भएको र  पूँजीगततर्फ रू १७ करोड ६७ लाख ३० हजारमध्ये एक करोड २९ लाख ६ हजार ३८  खर्च भएको जानकारी दिइयो । विभिन्न कार्यविधि पारित गरेको नगरसभाले  नेरा मावि जडाङ्गालाई कक्षा ११ सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरिएको, सडक, शिक्षा, स्वास्थ्य, स्वरोजागरी र सूचना प्रविधि वडा नं ५ बाहेक सबै वडा केन्द्रसम्म सडक पुरयाउन सफल भएकोे उपप्रमुख  विष्टले  जानकारी दिनुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन