सिन्धुपाल्चोक | हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिन्धुपाल्चोक | हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ वि"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा

२०७८, ४ माघ मंगलवार ०५:५४

माघ ४, सिन्धुपाल्चोक | हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

लम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुङ्गे पुल र ७ वटा पक्की पुल बगाएपछि एकमात्र विकल्पमा रहेको चनौटेको रातोपुलसमेत साउन १६ गते बगाएपछि त्यस भेगका झण्डै १५ हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए । 

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको चनौटे रातोपुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको र उद्घाटन केही दिनमा गरिने सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिनुभयो । 

रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालका रूपमा रेहेको बेलिब्रिज बनाउन अर्थ मन्त्रालयको रु ९० लाख ५३ हजारको बजेट विनियोजन गरिएको थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउन बेलिब्रिजले महत्व राख्ने बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गर्नुभयो । 

पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा ७ र ८ तथा पाँचपोखरीका १ र २ लगायतका ठाउँमा यातायात सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने