२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

२०७८, ५ माघ बुधबार १४:४८

माघ ५, काठमाडौँ । कोरोना संक्रमणको महामारीकै बीच आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३/३ रुपयाको दरले मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ पुगेको छ । यस अघिनै निगमले मूल्य वृद्धि गरेको बिरोध गरिएको थियो । 

निगमले गत कात्तिक २४ मा मूल्य समायोजन गरेको थियो । मूल्य वृद्धि गर्नुपर्नुको कारणबारे निगमले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो पटक मूल्य समायोजन गर्दा कच्चा तेलको मूल्य अमेरिकी डलर ८९ प्रति व्यारोल रहेको अवस्था भएको र हाल उक्त मूल्य बढेर ८९ अमेरिकी डलर प्रति ब्यारोल पुगिसकेको उल्लेख गरेको छ । निगमले थप जानकारी दिंदै भनेको छ 'इन्डियन आयल कर्पोरेशनबाट केहि दिन अघि जनवरी १६ मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १३.१८, डिजेलमा ८.८१ तथा प्रति सिलिन्डर एलपी ग्यासमा रु. ६४६.१६ घाटा काम भएको निगमलाई १५ दिनमा करीव २ अर्व २४ करोड घाटा हुने स्थिति देखिएको व्यहोरा निगमले यस अघि माग ३ गते प्रेषित विज्ञप्तिमा सार्वजनिक गरिसकेको थियो ।' 

निगमले चालु आर्थिक बर्षमा १२ पटक नयाँ मूल्य पाएपनि ३ पटक मात्र मूल्य वृद्धि गरेको जनाएको छ । निगमका अनुसार चालु आर्थिक बर्षमा मात्र निगमले १९ अर्व २६ करोड घाटा व्यहोरीसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत