माघ ६, वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा का"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरगञ्ज भन्सार कार्यालयले रु एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन

२०७८, ६ माघ बिहीबार १०:३३

माघ ६, वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु एक खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा रु ३२ अर्ब बढी राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।  

कुन शीर्षकमा कति राजश्व ?

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ रु ४१ अर्ब तीन करोड ४५ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 

यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ रु ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार र भन्सार महसुल निर्याततर्फ रु एक करोड ३२ लाख १९ हजार मात्र राजस्व सङ्क्रकन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ रु ६ करोड ९९ लाख ७६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 

त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ रु १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ रु सात अर्ब ९७ करोड ३२ लाख ३२ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालय वीरगञ्जले जनाएकोे छ । यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ रु १४ करोड ६८ लाख ९० हजार, स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार, कृषिसुधार शुल्कतर्फ रु ७३ करोड ६३ लाख ७६ हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु दुई अर्ब ३९ लाख ९५ हजार राजस्व र अन्य आय शीर्षकमा रु पाँच करोड ५७ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।

गतवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालु आवमा आयातसँगै राजस्वमा सङ्कलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।

विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन