१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा उच्च अङ्कले ओरालो, कतिमा हुदै छ कारोबार ?

२३ माघ २०७८, आईतवार ११:५८

माघ २३, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४०.५७ अङ्कले ओरालो लागेर दुई हजार ८३६.१७ मा ओर्लेको हो । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.७३ अङ्कले घटेर ५३१.९२ मा ओर्लेको छ । कूल २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० मूल्यमा खरिद बिक्री भए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब आठ अर्ब ५५ करोड ७२ लाख ९० हजारको हाराहारीमा छ । 

कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १९.०१, व्यापार ५०.४२, होटल तथा पर्यटन १८.६७, विकास बैंक ९९.९, जलविद्यसत् ३९.७१, वित्त ६०.५५, निर्जीवन बीमा १३१.४१, उत्पादन ५९.९४, अन्य ३८.३१, लघुवित्त ८२.२७, जीवन बीमा ५८०.५९, सामूहिक लगानी कोष ०.०६ र लगानी १.२७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५४ करोड ४९ लाख ९३ हजार २८३ बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु ४२ करोड ४७ लाख ८२ हजार ८७, अपि पावर कम्पनी रु २५ करोड ९५ लाख ७५ हजार २९, नेशनल हाइड्रोपावर रु २४ करोड ११ लाख एक हजार ७५६ र माथिल्लो तामाकोशी रु २२ करोड ३८ लाख ८२ हजार ८९६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । 

नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स ८.०८, एनआरएन इन्फ्रास्टकचर ३.८०, शिखर इन्स्योरेन्स ३.१७, साहस ऊर्जा २.८६ र प्राइम बैंकको ऋणपत्रधनीले २ प्रतिशतले कमाए । त्यस्तै, विन नेपाल लघुवित्त १०, नेपाल लाइफ इन्स्योरेन्स ७.६१, बुद्ध भूमि नेपाल हाइड्रोपावर ६.४५, तेह्रथ्म पावर कम्पनी ४.४१ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ४.३९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन