१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२५ माघ २०७८, मंगलवार १२:०८

माघ २५, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६.३० अङ्कले ओरालो लागेर दुई हजार ८३५.५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५३२.४९ मा ओर्लेको छ । कारोबार मापक परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज सामान्य वृद्धि भएको छ । कूल २३० कम्पनीको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर रु ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब सात अर्ब ७२ करोड ४१ लाख २० हजार बराबर रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २.६८, होटल तथा पर्यटन ३.७४, निर्जीवन बीमा ५६.२२, उत्पादन २७.५४ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ । बैंकिङ ६.४७, विकास बैंक ५१.२१, जलविद्युत् ५३.६५, वित्त ९.२, अन्य २.१, लघुवित्त ३५.३७, जीवन बीमा १६८.५४ र लगानी १.५२ अङ्कले ओरालो लाग्यो ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३५ करोड ८५ लाख १२ हजार ४३२ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ३३ करोड दुई लाख ८० हजार ९५९, नेपाल पूर्वाधार बैंक रु ३२ करोड ३३ लाख एक हजार ८६, माथिल्लो तामाकोशी रु ३२ करोड आठ लाख ५९८ र एचआीडसिएल रु ३० करोड १२ लाख ५१ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नेपाल इन्स्योरेन्स ३.८३, बुद्धभूमि नेपाल हाइड्रोपावर ३.४४, राष्ट्रिय बीमा कम्पनी २.९९, विन नेपाल लघुवित्त २.५६ र एनएमबी हाइब्रिड फण्ड एक का लगानीकर्ताले २.२७ प्रतिशतले कमाए । विलर्टी इनर्जी कम्पनी ६.२७, नेपाल हाइड्रो डेभलपर्स ५.१, बोटलर्स नेपाल तराई ३.९५, युनिभर्सल पावर कम्पनी ३.६३ र तेह्रथ्ुम पावर कम्पनीका लगानीकर्ताले ३.२५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन