२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२०७८, २५ माघ मंगलवार १२:०८

माघ २५, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६.३० अङ्कले ओरालो लागेर दुई हजार ८३५.५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५३२.४९ मा ओर्लेको छ । कारोबार मापक परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज सामान्य वृद्धि भएको छ । कूल २३० कम्पनीको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर रु ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब सात अर्ब ७२ करोड ४१ लाख २० हजार बराबर रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २.६८, होटल तथा पर्यटन ३.७४, निर्जीवन बीमा ५६.२२, उत्पादन २७.५४ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ । बैंकिङ ६.४७, विकास बैंक ५१.२१, जलविद्युत् ५३.६५, वित्त ९.२, अन्य २.१, लघुवित्त ३५.३७, जीवन बीमा १६८.५४ र लगानी १.५२ अङ्कले ओरालो लाग्यो ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३५ करोड ८५ लाख १२ हजार ४३२ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ३३ करोड दुई लाख ८० हजार ९५९, नेपाल पूर्वाधार बैंक रु ३२ करोड ३३ लाख एक हजार ८६, माथिल्लो तामाकोशी रु ३२ करोड आठ लाख ५९८ र एचआीडसिएल रु ३० करोड १२ लाख ५१ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नेपाल इन्स्योरेन्स ३.८३, बुद्धभूमि नेपाल हाइड्रोपावर ३.४४, राष्ट्रिय बीमा कम्पनी २.९९, विन नेपाल लघुवित्त २.५६ र एनएमबी हाइब्रिड फण्ड एक का लगानीकर्ताले २.२७ प्रतिशतले कमाए । विलर्टी इनर्जी कम्पनी ६.२७, नेपाल हाइड्रो डेभलपर्स ५.१, बोटलर्स नेपाल तराई ३.९५, युनिभर्सल पावर कम्पनी ३.६३ र तेह्रथ्ुम पावर कम्पनीका लगानीकर्ताले ३.२५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु