२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज पनि नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

२०७८, २६ माघ बुधबार १२:०९

माघ २६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २२.०६ अङ्कले ओरालो लागेर दुई हजार ८१३.५२ मा ओर्लेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५१ अङ्कले ओरालो लागेर ५२८.९९ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर रु तीन अर्ब ४७ करोड ११ लाख नौ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।

 बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७६ अर्ब ५५ करोड आठ लाख ७० हजारको आसपास रोकिएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ १२.४२, व्यापार ३९.२५, होटल तथा पर्यटन २.४४, विकास बैंक ४६.२७, जलविद्युत् ३२.७२, वित्त २४.८५, निर्जीवन बीमा १९८.७५, उत्पादन १५.०३, अन्य ३.६७, लघुवित्त ५०.०४, जीवन बीमा १५१.०८, सामूहिक लगानी कोष ०.१२ र लगानी ०.९६ अङ्कले ओरालो लागेका छन् । 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १८ करोड ६१ लख ६९ हजार ७६५ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १४ करोड ५९ लाख ५७ हजार २१७, नेशनल हाइड्रो पावर रु १४ करोड ४७ लाख १३ हजार ३९८, नेपाल पूर्वाधार बैंक रु १४ करोड १३ लाख ४० हजार ४५२ र एचआइडिसिएल रु ११ करोड दुई लाख ६३ हजार ७४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार लिबर्टी इनर्जी ३.०८, आरम्भ चौतारी लघुवित्त २.८०, जनउत्थान सामुदायिक लघुवित्त १.९७, लाइफ इन्स्योरेन्स कम्पनी १.८७ र मैलङ खोला जलविद्युत् आयोजनाका लगानीकर्ताले १.८५ प्रतिशतले कमाए । त्यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावर ६.६४, नेपाल एसबिआई बैंकको ऋणपत्र ३.७५, नेपाल हाइड्रो डेभलपर्स ३.३५, सप्तकोशी डेभलपमेन्ट बैंक ३.२७ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३.०६ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु