२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘औद्योगिक हव’ बन्दै बाँकेको गनापुर

२०७८, २७ माघ बिहीबार ०८:३९

माघ २७, राँझा । बाँकेको जानकी गाउँपालिकाको गनापुर औद्योगिक नगरीका रूपमा विकास भएको छ । पछिल्लो समय जानकी–६ स्थित गनापुरमा  ६३  उद्योग स्थापना भएका छन् ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा  ३० उद्योगमात्र सञ्चालनमा रहेको बेला सो क्षेत्रमा भने सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन्् ।

पछिल्लो समय नयाँ–नयाँ उद्योग थपिने क्रममा रहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने उहाँले बताउनुभयो ।

“नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाइहाले पनि महङ्गो पर्ने गर्दछ । यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ”, उहाँले भन्नुभयो, “त्यसैले बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै पर्ने गरेको छ ।”

सो क्षेत्र नेपालगञ्ज–कोहलपुर सडकखण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन् । गनापुरमा  सञ्चालनमा आएका उद्योगलाई मध्यनजर गर्दै गाउँपालिकाले सडकलगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको छ । उद्योगसम्म पुग्ने सडकलाई विस्तार गर्दै उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको कार्यवाहक अध्यक्ष धितालले बताउनुभयो ।

गनापुरबाट गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगञ्ज जोड्ने सात किलोमिटर सडकलाई विस्तार गरी सात मिटर फराकिलो पक्की सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको उहाँले बताउनुभयो । बाँकेको जानकी गाउँपालिका–५ मा दैनिक ७०० मेट्रिक टन छड उत्पादन गर्ने गरी अम्बे समूहले अत्याधुनिक जय अम्बे स्टिल्स उद्योग थपेको छ ।  पश्चिम नेपालमा ठूला जलविद्युत् परियोजना र निर्माणकार्यमा तीव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठूलो लगानीमा स्टिल्स उद्योग सञ्चालन गरेको हो । 

जानकी– ५ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढ्दो रहेको बताउनुभयो । उहाँका अनुसार गनापुरमा स्थापना भएका ६३ उद्योगमध्ये छवटा बन्द अवस्थामा छन् भने पाँचवटा नयाँ उद्योग सञ्चालनमा आउँदैछन् । अन्य उद्योग सञ्चालनमा छन् । उहाँले उद्योगलाई सेवा सुविधा दिएर करको दायरामा ल्याएको जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग स्थापना गर्न जमिन नपाइने मात्र नभई महङ्गो पर्ने भएकाले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ । नेपालगञ्जमा उद्योग सञ्चालन गर्दा सहर दुर्गन्धित हुने भएकाले पनि उद्योगीले जानकी गाउँपालिकालाई रोज्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । 

उहाँले जानकी गाउँपालिकामा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकाले पनि उद्योगी, व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर