२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हाइपर र क्रिप्टोबारे पीडितकै उजुरीको आधारमा अनुसन्धान हुने

२०७८, ३ फाल्गुन मंगलवार १२:२५

फागुन ३, काठमाडौँ । हाइपरफण्ड, क्रिप्टो र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा अर्थमन्त्रालयसहित अन्य ७ निकायका उच्च अधिकारी सहभागी छन् ।

प्रहरीमा प्राप्त पीडितको सूचनालाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने र डिजिटल सर्भिलेन्स पनि बढाउने विषयमा छलफल भएको ति अधिकारीले बताएका छन् । हाइपरफण्ड, क्रिप्टो र अनलाइन नेटवर्किङ जस्ता अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थपेको र त्यसको नियन्त्रणका लागि क्षेत्रगत हिसाबले कसरी अघि बढ्ने भन्ने योजना आजको बैठकमा भएको छ ।

अर्थमन्त्रालय सहसचिव भूपाल बराल नेतृत्वको कार्यदलमा राष्ट्र बैंक, राष्ट्रिय अनुसन्धान विभाग, दूरसञ्चार प्राधिकरण, कानुन मन्त्रालय, नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागका एक/एक जना उच्च अधिकारी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर