२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब भारतबाट आउँदा नगद बोक्नु नपर्ने, उतैबाट नेपालको बैंक खाता र ई-वालेटमा पैसा पठाउन मिल्ने

२०७८, ६ फाल्गुन शुक्रबार ०६:४८

फागुन ६, काठमाडौँ । अब भारतबाट नेपाल आउँदा उतैबाट आफ्नो खातामा वा ई–वालेटमा पैसा पठाउन मिल्न भएको छ । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपालमा संचालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको हो।

उक्त सम्झौतासँगै अब बिभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तर आबद्द बिद्युतिय भुक्तानीको सञ्जाल सञ्चालन हुनेछ । भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे ) मार्फत नेपाल स्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको हो ।

नेपालमा काम गर्ने नेपाली र भारतीयहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने छन् । नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने छ ।

एनपीसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात हुँदै जाने भएको छ । कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान, भारतमा भुक्तानीको सञ्जाल युनीफाईड पेमेन्ट इन्टरफेसल बीच सम्झौता भएको छ ।

त्यस्तै एनपीसिआई इन्टरननेसनलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकइङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर