१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई साता नबित्दै फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

८ फाल्गुन २०७८, आईतवार ०९:५१

फागुन ८, काठमाडौँ । दुई साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो। वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट लागू हुने निगमको भनाइ छ। वृद्धि भएको मूल्यअनुसार पेट्रोलको मूल्य १४५ र डिजेल/मट्टितेलको मूल्य १२८ रुपैयाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ। 

निगमले गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ बढाएको थियो। १४२ रुपैयाँमा पेट्रोल र १२५ रुपैयाँमा डिजेल, मट्टितेल पाइने नयाँ मूल्य सार्वजनिक गरेको थियो। 

एलपी ग्यासमा प्रतिलिटर ५६०.७४ घाटा भए पनि हाललाई बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ। हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ११६, हवाई इन्धन बाह्यतर्फ १०९५ र एलपी ग्यासमा १५७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

माघ १९ अघि निगमले माघ ५ गते पनि पेट्रोलको मूल्य वृद्धि गरेको थियो। उक्त समय पेट्रोलको मूल्य १३९ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ थियो। इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि मूल्यवृद्धि गर्नुपरेको सहप्रवक्ता पुष्कार कार्कीले बताए। इन्डियन आयल कर्पोरेसनले फागुन ४ गते पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको थियो। निगमले त्यसदिन सूचना जारी पेट्रोलको भउ बढ्ने संकेत गरिसकेको थियो। 

कर्पोरेसनले प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढेर आएकाले घाटा झन् थपिएको निगमले जनाउ दिइसकेको थियो। अझै पनि निगमले २ अर्ब २५ करोड घाटा रहेको दाबी गरेको छ। तर, समायोजनले निगमको १५ दिनको घाटा करिब २ अर्ब ४० रुपैयाँ करोडबाट करिब २५ करोड रुपैयाँले घट्ने जनाएको छ। निगमले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा २४ अर्ब रुपैयाँ घाटा भएको दाबी गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन