१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ–मस्को सिधा हवाई उडानका लागि पहल गर्न आग्रह

११ फाल्गुन २०७८, बुधबार १६:२२

फागुन ११, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुईपक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गर्नुभएको छ । 

विगतमा हुँदै आएको काठमाडौँ–मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारणले बन्द रहेकाले उक्त बन्द रहेको उडान सञ्चालनका लागि पहल चाल्न मन्त्री आलेलाई रिवासले आग्रह गर्नुभएको हो ।

मन्त्रालयमा आज भएको शिष्टाचार भेटघाटका क्रममा रसियाका गैरआवासीय व्यापार प्रतिनिधि रिवासले नेपाल–रसिया व्यापार, व्यवसाय तथा पर्यटन पवद्र्धनका क्षेत्रमा दुई देशबीच सहकार्य गरी काम अगाडि बढाउन आग्रह गर्नुभयो । भेटकै क्रममा रिवासले रसियल हवाइजहाज र हेलिकप्टर नेपाललाई केकति आवश्यक पर्छ सो विषयमा जानकारीसमेत लिनुभयो । 

रिवासले राख्नुभएका कुरामा मन्त्री आलेले रसियन हवाई जहाज सुप १०० वित्तिय व्यवस्थापनसहित सहुलियत दरमा दिनसक्ने खण्डमा नेपाल एरलाइन्स सहकार्य गर्न इच्छुक रहेको जानकारी दिनुभयो । 

यसैगरी मन्त्री आलेले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने तथा भविष्यमा नेपाल एयरलाइन्सले पर्यटन प्रवद्र्धनका लागि आन्तरिक हेलिकप्टरबाट पर्यटकका लागि उडान गर्ने योजना बनाई रहेकाले उक्त कार्यका लागि रसियाको हेलिकप्टर कम्पनीसँग सहकार्य गर्न सकिने प्रतिबद्धता जनाउनुभएको उहाँका सल्लाहकार गोरे राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन