२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एकै दिन २५ सयले वृद्धि भयो सुनको मूल्य प्रतितोला १ लाख नजिक

२०७८, १२ फाल्गुन बिहीबार ०६:१४

फागुन १२, काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख नजिक पुगेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ ।

एकै दिन सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको हो । यसअघि बुधबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला १३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १३२० मा कारोबार भएको थियो ।

रुस र युक्रेनको द्वन्द्व थप चर्किएपछि सुनको मूल्य बढेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । 'रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि शक्तिशाली राष्ट्रहरु रुस र अमेरिकाबीच झन् विवाद बढेको छ, यसले गर्दा सुनको मागसँगै मूल्य बढ्यो', उनले भने ।

विश्वका शक्तिशाली राष्ट्रहरुबीच विवाद बढ्दा विभिन्न देशका सरकार तथा लगानीकर्ताले सुनको माग बढाउँछन्, यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने गरेको शाक्यको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस १९४० डलरसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर