२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज धेरै दिनपछि नेप्सेमा उच्च अङ्कको वृद्धि

२०७८, २६ फाल्गुन बिहीबार १२:०१

फागुन २६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले उकालो लागेर ४९३.५३ मा पुगेको छ ।

कूल २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर रु दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १६.४९, व्यापार ६०.५३, होटल तथा पर्यटन ४२.४४, विकास बैंक २०२.९१, जलविद्युत् १२४.४२, वित्त १०२.७८, निर्जीवन बीमा २४८.१, उत्पादन १२७.२, अन्य ०.८६, लघुवित्त ९७.४, जीवन बीमा ३७२.७९, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.४१ अङ्कले उकालो लागेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बजार पूँजीकरण रु ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख ६७ हजार ५२४ बराबर पुगेको छ । कारोबारका आधारमा अपिपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु १६ करोड ६५ लाख २९ हजार ९६६ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड १२ लाख ५६ हजार २२३, एनआइसी एशिया बैंक रु १२ करोड ४६ लाख ११ हजार ५७५, अरुण भ्याली हाइड्रोपावर रु ११ करोड ८६ लाख ७४ हजार ९८८ र हिमालयन डिस्टिलरी रु नौ करोड एक लाख ९३ हजार ८९० बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार इमर्जिङ नेपाल लिमिटेड ९.९८, कर्णाली डेभलपमेन्ट बैंक ८.८९, नेपाल हाइड्रो डेभलपर्स ८.६५, प्रोगेसिभ फाइनान्स ८.५३ र ज्योति विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतले कमाए । यस्तै माउण्टेन इनर्जी ३.०८, नेपाल दूरसञ्चार कम्पनी २.०२, बोटलर्स नेपाल तराई १.८३, आइसिएफसी फाइनान्सको ऋणपत्र १.३६ र गुडविल फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर