कोभिड–१९"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कोभिड–१९"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बढ्यो रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात

२०७८, ३ चैत्र बिहीबार ०६:२८

चैत ३, काठमाडौँ । रसुवागढी नाकाबाट नेपाल भित्रने  चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण  बढ्न थालेको हो ।

कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी  र  सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो  । 

दैनिक नौ  कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारीदिनुभयो । यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ । आयातहुने मालसामग्री आज बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जनाएका छन् ।

 नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर  रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्वता गरिसकेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण पश्चात् सामग्री आयातमा कमि हुँदा निराश बनेका कन्टेनर ढुवानी सेवाका चालक र आयात सामग्री पल्टिगर्ने मजदूरसमेत उत्साहित बनेका छन् । दैनिक  १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपाली २८ कन्टेनरमा पल्टिहुने र ५०÷६० भन्दाबढी मजदूरलेसमेत रोजगारी पाउने बताइएको छ ।

विसं २०७२ को मङ्सिरदेखि केरूङबाट पल्टि गरिँदै आएको चिनियाँ सामग्री कोरोना सङ्क्रमण बढेसँगै  मितेरी पुलबाट मानिस आवतजावत् समेत बन्द हुँदा चिनियाँ पक्षले एकतर्फी रूपमा रसुवागढीमै उपलब्ध गराउँदै आएको छ । कोरोना सङ्क्रमण पश्चात पहिलो चरणमा तीन  दोस्रोमा छ तेस्रोमा नौ वटाहुँदै पछिल्लो समय स्थानीय प्रशासनको मैत्रीबार्ता मार्फत बुधवारदेखि चिनियाँ ठुला १४ कन्टेनरमार्फत चिनियाँ  सामग्री रसुवागढी आउन थालेको हो ।

चिनियाँ भूभागको ढुवानीकर्ता मुसा ट्रान्सफरका प्रबन्ध निर्देशक झ्याङ्सीपिङले  नेपाली व्यवसायीको माग बमोजिम चीनको उत्पादक कम्पनीबाट रसुवागढी सम्म सामग्री ढुवानी कार्यलाई छिटोछरितो गरिरहेको र आगामी दिनमा नेपाल पठाउने सामान ढुवानीमा पहिलो प्राथमिकता दिने बताउनुभयो ।

उहाँले चिनियाँ सामग्री नेपाल पठाउन अन्यत्रको मार्ग लामोहुने र रसुवागढीको मार्ग अत्यन्तै सरल एवं छोटो भएका कारण उत्पादित कम्पनीबाट आफ्नो कम्पनीले ढुवानीका लागि जिम्मा लिने सामग्री सुरक्षित पार्न जिलुङ् प्रान्तको केरूङमा आफूले पहिला देखिनै गोदाम तयार गरिराखेको जानकारी दिनुभयो ।

यसैगरी चिनियाँ सामानको आयात बढाउन रसुवाका प्रजिअको प्रयास स्वागतयोग्य भएको व्यवसायीले जनाएका छन् ।  व्यवसायी धर्म पौडेलले नेपाल राष्ट्र बैंकको जारी नयाँ नीति बमोजिम लत्ताकपडा, जुत्ता, चप्पल, कस्मेटिक जस्ता वर्गिकृत ४७ प्रकारका सामग्री  आयात गर्दा एलसी खोल्नुपर्ने प्रावधानले वर्तमान अवस्थामा आयात कमि भइरहेको बताउनुभयो ।

 आयात हुने सामग्रीमा साना तथा ठूला सवारी साधन, नेपालमा सञ्चालित जलविद्युत्का उपकरण, जुत्ता, चप्पल, तयारी पोसाक, इलेक्ट्रोनिक सामग्री, रोलकपडा, थर्मस, बच्चाका खेलौना, ओखर, स्याउ, लसूनसमेतका विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले  जनाएको छ । 

चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्म  भन्सार शुल्कबापत रू पाँच अर्ब १५ करोड ७७ लाख ३१ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिनुभयो ।

प्रमुखभन्सार अधिकृत डा रामप्रसाद मैनालीले चीनबाट आयात भएका सामग्री छिटोछरितो परीक्षण एवं जाँचपास गर्न भन्सार प्रशासन तयार रहेको जानकारी दिनुभयो । उहाँले स्याउ, अदुवा, लसुन जस्ता वस्तुको जाँचपासमा पहिलो प्राथमिकता र अन्य सामानको हकमा क्रमबद्व रूपले छिटोछरितो जाँचपास गरिँदै आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर