२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको मूल्य कति ?

२०७८, ३ चैत्र बिहीबार ०९:०५

चैत ३, काठमाडौँ । भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले बुधबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पुगेको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ५१ रुपैयाँ पु-याएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेर नबढाइएको निगमले जनाएको छ । बुधबार मात्र इन्डियन आयल कार्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार अझै निगमलाई डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ घाटा रहेको छ ।

यो घाटाबमोजिम निगमले आगामी १५ दिनमा करिब ५ अर्ब ३० करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको बताएको छ । एक महिनामा तीनपटकसम्म बढाइएको यस नयाँ मूल्य समायोजनपछि पनि अझै आगामी १५ दिनमा ४ अर्ब ६५ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २ हजारले वृद्धि गरी नयाँ बिक्री मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ४ सय ९५ कामय गरिएको निगमले जनाएको छ । अझै मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा नै रहेको छ ।

यसअघि बुधबार दिउँसो नै नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको जनाएको थियो । निगमले भारतबाट बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर