१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बफेली हाइड्रोपावरको १६ चैतमा आईपीओ निष्कासन गर्ने

१० चैत्र २०७८, बिहीबार ०५:५९

चैत १०, काठमाडौँ । बफेली हाइड्रोपावर कम्पनीले यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बफेली हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

१६-२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ। कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि केही समयअघि नै आईपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीको आइपीओ मध्ये चार प्रतिशत कम्पनीका कर्मचारीलाई र पाँच प्रतिशत कम्पनीका मिचुल फन्डका लागि छुट्याइएको छ । आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ ।

२०१७ सालमा स्थापना भएको बफेली हाइड्रोपावर कम्पनीले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बफेली हाइड्रोपावर निर्माण गरिरहेको छ । सो हाइड्रोपावरको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन