१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी मनि ट्रान्सफर सञ्चालक, जसले विदेशीको पैसा झ्वाम पारे

१५ चैत्र २०७८, मंगलवार ०७:२५

चैत १५, काठमाडौं । घर बनाउन लिएको अढाइ लाख रूपैयाँ ऋण तिर्न पाँचथरको तुम्बेवा-२ मेवा घर भइ साउदीमा रहेका उज्वल तामाङले २०७६ को कात्तिकमा मनि ट्रान्सफर गरेर ३ लाख रूपैयाँ पठाए ।

श्रीमतीलाई पैसा लिन पठाए-मौवा बजारमा । तर, १० हजार पाए । बाँकी पाएनन् । 

मनि ट्रान्सफर सञ्चालक खेम खत्रीले भने, ‘अहिले सबै पैसा छैन, केही दिनमा आउनू, अलिक पछि बाँकी दिन्छु ।’ फेरि गइन् तर पाइनन् । नपाएपछि उनी रिसाइन् र भनिन्, ‘पैसा किन छैन भन्दै हुनुहुन्छ तपाईं ? कसरी छैन पैसा ? 

खत्रीले जवाफ दिए, पैसा लिन जान पाएको छैन । र, लेखिदिए भिजिटिङ कार्डको पछाडिपट्टि- ‘सयकडा दुईले ऋण चलाएको छु ।’

यसको केही दिनमै उनी मनि ट्रान्सफरमा देखिन छाडे । हालसम्म उनी कहाँ छन् भन्ने पत्तो छैन । 

उज्वलको मात्र होइन, खत्रीले तुम्बेवा–१ का भलुराम तामाङको पाँच लाख रूपैयाँ र तुम्बेवा–२ चुवाडेका युद्धबहादुर तामाङको पनि ४ लाख रूपैयाँ ऋण चलाएका थिए । तर, उनीहरूले खत्री नदेखेको तीन वर्ष नाघ्यो ।मौवा बजार जाँदा खत्रीका घर पुग्छन् तर सुनसान देखेपछि फर्किन्छन् । 

यी तीनजना बाहेक मौवा बजारका अन्य मानिसहरू पनि खत्रीबाट ठगिएका छन् । उज्वलका श्रीमती काठमाडौं आएर महानगरीय अपराध महाशाखामा खत्रीविरुद्ध ठगी मुद्दामा किटानी जाहेरी दिएकी छिन् तर महाशाखाले नियन्त्रणमा लिन सकेका छैनन् । महाशाखाका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रहरीले खत्रीलाई खोजतलास गरिरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन