१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवामा तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंक राखेनन्

२२ चैत्र २०७८, मंगलवार ०९:४१

चैत्र २२, रसुवा | रसुवाका तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंकनै नराखि विद्युत् मोटर र वेल्डिङ मेशिन जडान गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रका अनुसार उधोगहरूले क्यापासिटर बैंक राख्नुपर्ने भए पनि धेरैले राखेका छैनन् । जसका कारण भोल्टेजको गुणस्तर कायम गर्न र विद्युत् लोडको मागलाई सन्तुलन बनाउन समस्या भइरहेको छ । 

प्राधिकरणले क्यापासिटर बैंक नराख्ने ग्राहकको लाइन काट्न केही समयअघि कार्यालयहरूलाई परिपत्र गरेको थियो । तर, जिल्लामा क्यापासिटर नपाइने भएकाले अहिलेसम्म लाइन काटिएको छैन । जिल्लामा सञ्चालित धेरै उद्योगले क्यापासिटर नराखेकाले राख्नका लागि प्रक्रिया अघि बढाएको प्राधिकरण धुञ्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । "जिल्लामा क्यापासिटर पाइँदैन," उनले भने,'यसका लागि हामीले सहजीकरण गरिरहेका छौँ ।’

ग्राहकले प्राधिकरणलाई क्यापासिटर ल्याएर जडान गरिदिन आग्रह गरेको उनले बताए । कुन क्षमताको क्यापासिटर ल्याउने र कसरी जडान गर्नेबारे अन्योल भएकाले ग्राहकले क्यापासिटर जडान नगरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण विनियमावली २०७८ का अनुसार प्राधिकरणले पाँच किलोवाट भन्दाबढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेशिन भएका ग्राहककोमा मिटर जडान गर्दा सन्ट क्यापासिटर अनिवार्य रूपमा जडान गर्न लगाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन