२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवामा तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंक राखेनन्

२०७८, २२ चैत्र मंगलवार ०९:४१

चैत्र २२, रसुवा | रसुवाका तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंकनै नराखि विद्युत् मोटर र वेल्डिङ मेशिन जडान गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रका अनुसार उधोगहरूले क्यापासिटर बैंक राख्नुपर्ने भए पनि धेरैले राखेका छैनन् । जसका कारण भोल्टेजको गुणस्तर कायम गर्न र विद्युत् लोडको मागलाई सन्तुलन बनाउन समस्या भइरहेको छ । 

प्राधिकरणले क्यापासिटर बैंक नराख्ने ग्राहकको लाइन काट्न केही समयअघि कार्यालयहरूलाई परिपत्र गरेको थियो । तर, जिल्लामा क्यापासिटर नपाइने भएकाले अहिलेसम्म लाइन काटिएको छैन । जिल्लामा सञ्चालित धेरै उद्योगले क्यापासिटर नराखेकाले राख्नका लागि प्रक्रिया अघि बढाएको प्राधिकरण धुञ्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । "जिल्लामा क्यापासिटर पाइँदैन," उनले भने,'यसका लागि हामीले सहजीकरण गरिरहेका छौँ ।’

ग्राहकले प्राधिकरणलाई क्यापासिटर ल्याएर जडान गरिदिन आग्रह गरेको उनले बताए । कुन क्षमताको क्यापासिटर ल्याउने र कसरी जडान गर्नेबारे अन्योल भएकाले ग्राहकले क्यापासिटर जडान नगरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण विनियमावली २०७८ का अनुसार प्राधिकरणले पाँच किलोवाट भन्दाबढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेशिन भएका ग्राहककोमा मिटर जडान गर्दा सन्ट क्यापासिटर अनिवार्य रूपमा जडान गर्न लगाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा