१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम मुलपानी महोत्सव सुरु

२४ चैत्र २०७८, बिहीबार १३:००

 चैत्र २४, काठमाडौं | बिहीबारदेखि काठमाडौंको मुलपानीमा प्रथम मुलपानी महोत्सव सुरु भएको छ । श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीको आयोजनामा महोत्सव सुरु भएको हो । 

काठमाडौं मुलपानीको खुल्ला चौरमा महोत्सव सुरु भएको हो । महोत्सव चैत २४ गते बिहीबारदेखि वैशाख ५ गतेसम्म चल्ने जनाइएको छ ।

काठमाडौंको नागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मुलपानी चौर मुलपानी काठमाडौंमा मेला भएको हो । 

मेलाको प्रा.डा. श्रृषिराम पोखरेलले एक भव्य समारोहबीच बिहीबार उद्घाटन गरे । कार्यक्रममा नागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले महोत्सवले नागेश्वरी मनोहरा नगरपालिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 कार्यक्रम आयोजक श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीका अध्यक्ष ८० वर्षीय जग्गनाथ खनालले स्थानीय गुरुकुल शिक्षा पाठशालाको सहयोगार्थ मेला आयोजना गरिएको जनाए । कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिले पनि आआफ्नो धारण राखेका थिए ।

 महोत्सवमा विभिन्न सुलभ मूल्यका उपभोग्य सामाग्रीहरूको व्यापारिक स्टलहरू, बालबालिकाहरूका लागि बाल उद्यानको व्यवस्था (रोटेपिंग, नाउ, ब्रेक डान्स, मिकी माउस, डयागन, वाटर बोट आदि), विभिन्न खानाका स्टल, आइसक्रिम, आइसमोलालगायतका थुप्रै परिकाका साथमा कृषि उत्पादनका सामान, स्थानीय कलाकार तथा राष्ट्रिय स्तरका कलाकारद्वारा भरपुर मनोरञ्जन गराइने जनाइएको छ । नववर्ष २०७९ को पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रमका साथ मेला गरिएको जनाइएको छ ।

 मेलामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ५० टिकट दर राखिएको छ । विद्यार्थीका लागि ४० प्रतिव्यक्ति टिकट दर राखिएको छ । साथै अशक्त, अपांगका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 मेलामा नागेश्वरी, मनोहरा, बौद्ध, जोरपाटी, नरेफाँट, चाँगुनारायणलगायतका काठमाडौं, भक्तपुर, ललितपुरबाट लाखौँ मानिस आउने विश्वास गरिएको छ । मेलाको व्यवस्थापन आइटी एण्ड सप्लायर्स ग्रुप प्रालिले गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन