२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंककमा जहाजको पाङ्ग्रा बिग्रिएको घटनाबारे छानबिन गर्न समिति गठन

२०७८, २४ चैत्र बिहीबार १३:१६

चैत्र २४, काठमाडौं | बैंककबाट काठमाडौं उड्ने क्रममा रहेको बेला शुक्रबार नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा पाङ्ग्रामा देखिएको प्राविधिक समस्याबारे अध्ययन गर्न नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ । 

निगमले आफ्नो क्वालिटी एसुरेन्स विभागका निर्देशक विक्रम केसीको संयोजकत्वमा ७ सदस्यीय छानबिन टोली गठन गरेको बिहीबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

"निगमको आरए–४०२ बैंकक काठमाडौं नियमित उडानमा रहेको न्यारोबडी विमान शुक्रबार बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपश्चात् पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक चेकजाँच गरिएको थियो," विज्ञप्तिमा भनिएको छ | "थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको ०४ वटै पाङ्ग्रा फेर्नुपर्ने सुझाव दिएअनुसार फेर्नुपर्ने आवश्यक पाङ्ग्राहरु कतार एयरवेजको विमानमार्फत शनिबारको उडानबाट पठाई आइतबार बिहान बैंकक पुर्‍याएर उक्त विमानको मर्मत गरिएको थियो ।’

विमानमा समस्या आएपछि यात्रुलाई चार दिनपछि काठमाडौं ल्याएको विज्ञप्तिमा जनाइएको छ । 

निगमका अनुसार,रद्द गरिएको उक्त उडानका १ सय ४१ यात्रुहरुलाई चार दिनपछि सोमबार निगमकै नियमित उडानबाट काठमाडौं ल्याइएको थियो । त्यस्तै मर्मत सम्पन्न भएको उक्त विमान निगमको नियमित उडानको रुपमा बुधबार काठमाडौं अवतरण गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर