१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पम्पिङ खानेपानी आयोजना निर्माण हदै सुस्त, म्याद नथप्न सिफारिस

३० चैत्र २०७८, बुधबार ११:३०

चैत्र ३०, खोटाङ | निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरेपछि खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको म्याद नथप्ने निर्णय गरिएको छ । हलेसी क्षेत्र बृहत पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मंगलबार बसेको बैठकले २०७७ सालभित्र सम्पन्न हुनुपर्ने आयोजनाको काम हालसम्म पुरा नभएको भन्दै थप म्याद नथप्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी गाउँमा निकाल्न सुरु गरिएको आयोजनाको दोस्राेपल्ट थप भएको म्याद बुधबार सकिएको छ । 

निर्माण कम्पनी दिवा-महादेव खिम्तीले पुन: म्याद थपका लागि प्रकृयाअघि बढाएको अवस्थामा उपभोक्ता समितिले म्याद नथप्न सिफारिस गर्ने निर्णय गरेको हो । उपभोक्ता समितिले समयमै काम सम्पन्न नभै पटक पटक म्याद थप गर्दा समेत काम सम्पन्न हुन नसकेको हुँदा पुन: म्याद थपका लागि पहल भइरहेको बुझिएकाले अब उपरान्त म्याद थप गर्न सहमति नदिनुका साथै सम्झौताअनुसार कारवाही प्रकृया अघि बढाउन विभागलाई अनुरोध गर्ने’निर्णय गरेको छ । 

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्काको काम दिवा–महादेव खिम्तीले गरिरहेको छ ।

यस्तै, काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले लिएको हो । मेनलाईनको म्याद नाघेको ३३ महिना र वितरणलाईनतर्फको म्याद नाघेको २१ महिना बित्दा ७५ प्रतिशत काम सम्पन्न भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए । 

२०७६ साल पुस १७ गतेसम्ममा भ्याट वाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा-महादेव खिम्तीले २०७४ साल २१ असार बृहत पम्पिङ खानेपानी आयोजनाको मेनलाईनको ठेक्का सम्झौता गरेको थियो । कोभिड–१९ को कारण देखाउँदै दिवा-महादेव खिम्तीले दुई पल्ट थप म्याद पाएको कार्यालयले जनाएको छ ।

यस्तै, ३० असार २०७७ सम्ममा सक्ने सर्तमा ३१ असरा २०७५ मा वितरण लाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरणलाइनको ठेक्का लिएको हो । दुईपल्ट थप भएको दुबै वितरणलाइनतर्फको म्याद पनि बुधबार नै सकिएको छ । 

सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिका-७ वडाका खानेपानीको विकराल समस्या हल गर्नका लागि ९६ करोडभन्दा बढीको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो ।

दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा तीन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य राखिएको छ । नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय आयोजनाको काममा ढिलासुस्ती हुँदा स्थानीय आजित बनेको उपभोक्ता समितिका अध्यक्ष रहेका हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन