१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाइसे चौबिसे कालको पुल अझै पनि प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण

३ बैशाख २०७९, शनिबार ०८:२६

वैशाख ३, सुर्खेत | जाजरकोट भेरी नगरपालिका–११ मेटालस्थित भेरी पुलबाट खसेर बिहीबार एक महिला घाइते भइन् । भेरी नगरपालिका–२ रिसाङकी ५२ वर्षीया देवि पुन जीर्ण पुलबाट खसेर गम्भीर घाइते भएकी हुन् । 

चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा उनी पुलबाट खसेको उनका छोरा प्रेमबहादुर पुनले बताए । उनको करङ र दुवै खुट्टा भाँचिएको छ । घाइते पुनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । कच्ची पुलमा राखिएको काठका फल्याक झरेपछि पुलबाट खसेर नदि किनारमा खसेकी हुन् । 

पुन मात्रै होइन यो पुलबाट खसेर वर्षेनी दर्जन बढी सर्वसाधारण घाइते हुन्छन् । जुनसुकै बेला पुलबाट खसेर घाइते भइन्छ भन्ने जान्दा जन्दै पनि सर्वसाधारण यही पुल प्रयोग गर्न बाध्य छन् । किनकी उनीहरूको विकल्प छैन । जीर्ण पूर्ण निर्माण गर्न स्थानीय सरकार र अन्य तहका सरकारले पनि चासो दिएका छैनन् ।

 रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल वर्षौदेखि जीर्ण अवस्थामा छ । बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाएको मटेलाको झोलुङ्गे पुलले अहिले पनि जेनतेन सेवा दिइरहेको छ । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेलाबीचको भेरी नदीमा रहेको यस पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाइ छ । 

अहिले झोलुङ्गे पुलको ठाउँ–ठाउँमा प्वाल परेको छ भने तारबारको जालीहरू फुत्किँदै गएको छ । पुलका विभिन्न भागमा रहेका नटबोल्टहरू समेत झरेका छन् । भेरी नगरपालिका–११ कि विष्णु गिरी पढ्न विद्यालय जाने विद्यार्थीहरू समेत डराइ ,डराइ पुल तर्ने गरेको बताउँछिन् । उनले पुलबाट बच्चाबच्ची खस्लान् कि भन्ने पीर लाग्ने गरेको दुखेसो पोखिन ।

कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले वर्षौसम्म मर्मत नभएको र कसैले पनि संरक्षणमा ध्यान नदिएकाले पुल जीर्ण बन्दै गएको बताए । 

उक्त पुल ९० मिटर लामो छ । पुलको छुट्टै इतिहास रहेको भेरी नगरपालिका–४ का राजेन्द्रविक्रम शाहले बताए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको यस पुल जाजरकोटी राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि यो पुल बनेको बताइन्छ ।


जाजरकोटकी छोरी बालकुमारीले चन्द्रशमशेरसँग बिहे गरेर गएपछि आफ्ना माइती अर्थात् जाजरकोटवासीलाई रुकुमको चौरजहारी तथा नेपालगञ्ज आवागमन गर्न निकै कष्ट भएपछि भेरी नदीमा पुल जरुरी रहेको भनेर राणा दरवारमा आग्रह गरेपछि पुल निर्माण भएको शाहको भनाइ छ  ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन