२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार २९ अंकले घट्यो

२०७९, ४ बैशाख आईतवार १०:३३

वैशाख ४, काठमाडौँ | वर्षको पहिलो दिन सेयर बजार नेप्से २९ दसमलव ६० अंकले ओरालाे लागेकाे छ । नेपाली सेयर मार्केट नेप्से २०७९ साल बजार खुलेको पहिलो दिन आइतबार सेयर परिसूचक १ दशमलव २३ प्रतिशतले घटेर बजार २३ सय ८५ दशमलव ६५ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा आइतबार ३४ लाख सात हजार २७२ कित्ता शेयर कारोबार हुँदा एक अर्ब ४४ करोड सात लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । केही दिनदेखि नेप्सेमा सेयर कारोबार रकममा निरन्तर ओरालो लाग्दै आएको छ ।

सेन्सेटिभ इन्डेक्स ५ दशमलव १२ अंकले गिरावट आउँदा इन्डेक्स ४५० दशमलव ९८ अंकमा पुगेको छ । आइतबार बजारमा २४ कम्पनी नाफा कमाउँदा १६७ कम्पनीका सेयरधनीले गुमाएका छन् । 

आइतबार घटेको बजारमा नेस्डो  समृद्ध लघुवित्त वित्तीय संस्थाको  सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २२६ रुपैयाँ बढेर दुई हजार ४८८ रुपैयाँ मा कारोबार भएको छ ।

त्यस्तै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको २१ रुपैयाँ बढेर ५४२ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर