१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार ३६ अंकले घट्यो

७ बैशाख २०७९, बुधबार ११:३०

 वैशाख ७, काठमाडौं | नेप्से परिसूचक बुधबार एकैदिन ३६ दशमलव ७३ अंकले ओरालो लागेको छ । एकैदिन १.५३ प्रतिशतले घटेको नेप्से २३ सय २० अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६९ अंकले घटेर चार सय ८१ दशमलव ८ अंकमा पुगेको छ ।  मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको हो । नेप्से परिसूचक साताको पहिलो दिन आइतबार र सोमबार पनि ओरालो लागेको थियो । 

मंगलबार नेप्से १३ दशमलब ६७  अंकले बढेर २३ सय ५७ दशमलव २५ अंकमा पुगेको थियो  ।  नेप्सेमा बुधबार ३५ लाख ७० हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बजारमा १९९ कम्पनीका सेयरधनीले  गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । निरन्तर सकारात्मक सर्किट लाग्दै आएको नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार १० प्रतिशतको नकारात्मक सर्किट लागेर घटेको छ । 

नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य  ३०१ रुपैयाँ घटेर दुई हजार ७१० रुपैयाँ पुगेको छ । बजारमा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशत बढेर कारोबार भएको छ । 

सर्किट लागेका ग्रीन भेन्चर लिमिटेडको सेयर २९ रुपैया बढेर ३२८ रुपैया पुगेको छ भने जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५८ रुपैयाँ ६४५ रुपैया पुगेको छ ।  

नेप्सेमा बुधबार नेस्डो लघुवित्त एनआईसी एसिया सिद्धार्थ  बैंक  र अरुण भ्याली हाइड्रोपावर कम्पनी को सेयर  सबैभन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन