१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा सामान्य सुधार

८ बैशाख २०७९, बिहीबार १०:५६

 वैशाख ८, काठमाडौं | नेपाली सेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ४ दशमलव ९४ अंकले सुधार भएको हो । 

नेप्से परिसूचक २३ सय २५ दशमलव ४५ अंक र  सेन्सेटिभ इन्डेक्स २ दशमलव ६ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार आठ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेमा बुधबार ३६ दशमलव ७३ अंकले गिरावट आएको थियो भने एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, मंगलबार नेप्से १३ दशमलब ६७ अंकले बढेको थियो । झिनो सुधार आए सेयर बजारमा एक सय १२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन भने एक सय तीन कम्पनीका सेयरधनीले गुमाए । बजारमा दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेम्चर लिमिटेडको सेयर मूल्यमा बिहीबार पनि १० प्रतिशत बढेर कारोबार भएको छ ।

सर्किट लागेको जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६४ रुपैयाँ बढेर सात सय नौ रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको सेयर ३२ रुपैयाँ बढेर तीन सय आठ रुपैयाँ पुगेको छ ।  नेप्सेमा बिहीबार नेस्डो लघुवित्त, नबिल बैंक, सूर्य लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन