१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

१५ बैशाख २०७९, बिहीबार ०६:१६

वैशाख १५, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १६ पैसा र बिक्री दर १२२ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ६१ पैसा र बिक्री दर १३० रुपैयाँ २५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ सात पैसा र बिक्री दर १५४ रुपैयाँ ४५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ७६ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ तीन पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ५५ पैसा र बिक्री दर नौ रुपैयाँ छ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ छ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ दुई पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६६ पैसा र बिक्री दर नौ रुपैयाँ सात पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन