२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटका प्राथमिकतामाथि विषयगत मन्त्रालयसँग छलफल

२०७९, १५ बैशाख बिहीबार ११:५८

वैशाख १५, सुर्खेत | आगामी वर्षको लागि बजेटको आकार र समेटिने शीर्षकका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ । 

कर्णाली  प्रदेशका सबै मन्त्रालयलाई उपलब्ध गराएको बजेटको आकारका आधारमा समेटिने विषयवस्तुमाथि मन्त्रालयले छलफल सुरु गरेको हो । यही क्रममा आज जलस्रोत तथा उर्जा विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग छलफल भएको छ । 

आगामी आर्थिक वर्षमा आउने बजेटमा के के विषयवस्तु प्राथमिकतामा राख्ने भन्ने विषयमा व्यापक छलफल भएको छ । चालु नीति तथा कार्यक्रमको प्रमुख उपलब्धि र समीक्षाको विषयमा समेत छलफल भएको छ ।

यस्तै, आगामी बजेटमा निरन्तरता दिनुपर्ने नीति तथा कार्यक्रम, प्रस्तावित नीति तथा कार्यक्रम, प्रदेश विशेषा तथा रुपान्तरणकारी कार्यक्रमहरू, अपेक्षित उपलब्धि र नतिजाका विषयमा समेत छलफल भएको छ ।

कर्णाली प्रदेशले फुकोट कर्णाली, जगदुल्ला जलाशययूक्त जलविद्युत आयोजना लगायतका आयोजनामा प्रदेशले सेयर लगानीको विषय समेत विशेष प्राथमिकता बजेटमा रहनेछ । नेपाल सरकारको सहकार्यमा २० मेगावाटसम्मका साना जलविद्युत आयोजनाको सम्भाव्यता तथा विस्तृत डिजाइनका विषयमा समेत बजेटका प्राथममिकता पाउने छलफलमा बताएको छ ।

खानेपानी र सरसफाईसम्बन्धी, सौर्य उर्जा  वायु, वायु ग्यासलाई प्राथमिकता दिइने छलफलमा जानकारी गराएको छ । साना सहर केन्द्रित खानेपानी, खेतीयोग्य जमिनमा नविनतम प्राविधिको प्रयोग गरी सिंचाइ सुविधा पुर्याउने कुरामा समेत जोड दिइनेछ । 

बाढी पहिरो तथा प्रकोपबाट प्रभावित भएका ठाउँमा संरक्षण गर्न समेत ध्यान दिने बताएको छ । कर्णाली, भेरी र शारदा लगायतका नदी किनारमा सिंचाइ सुविधा पुर्याउने कुरामा जोड दिइने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर