१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटका प्राथमिकतामाथि विषयगत मन्त्रालयसँग छलफल

१५ बैशाख २०७९, बिहीबार ११:५८

वैशाख १५, सुर्खेत | आगामी वर्षको लागि बजेटको आकार र समेटिने शीर्षकका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ । 

कर्णाली  प्रदेशका सबै मन्त्रालयलाई उपलब्ध गराएको बजेटको आकारका आधारमा समेटिने विषयवस्तुमाथि मन्त्रालयले छलफल सुरु गरेको हो । यही क्रममा आज जलस्रोत तथा उर्जा विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग छलफल भएको छ । 

आगामी आर्थिक वर्षमा आउने बजेटमा के के विषयवस्तु प्राथमिकतामा राख्ने भन्ने विषयमा व्यापक छलफल भएको छ । चालु नीति तथा कार्यक्रमको प्रमुख उपलब्धि र समीक्षाको विषयमा समेत छलफल भएको छ ।

यस्तै, आगामी बजेटमा निरन्तरता दिनुपर्ने नीति तथा कार्यक्रम, प्रस्तावित नीति तथा कार्यक्रम, प्रदेश विशेषा तथा रुपान्तरणकारी कार्यक्रमहरू, अपेक्षित उपलब्धि र नतिजाका विषयमा समेत छलफल भएको छ ।

कर्णाली प्रदेशले फुकोट कर्णाली, जगदुल्ला जलाशययूक्त जलविद्युत आयोजना लगायतका आयोजनामा प्रदेशले सेयर लगानीको विषय समेत विशेष प्राथमिकता बजेटमा रहनेछ । नेपाल सरकारको सहकार्यमा २० मेगावाटसम्मका साना जलविद्युत आयोजनाको सम्भाव्यता तथा विस्तृत डिजाइनका विषयमा समेत बजेटका प्राथममिकता पाउने छलफलमा बताएको छ ।

खानेपानी र सरसफाईसम्बन्धी, सौर्य उर्जा  वायु, वायु ग्यासलाई प्राथमिकता दिइने छलफलमा जानकारी गराएको छ । साना सहर केन्द्रित खानेपानी, खेतीयोग्य जमिनमा नविनतम प्राविधिको प्रयोग गरी सिंचाइ सुविधा पुर्याउने कुरामा समेत जोड दिइनेछ । 

बाढी पहिरो तथा प्रकोपबाट प्रभावित भएका ठाउँमा संरक्षण गर्न समेत ध्यान दिने बताएको छ । कर्णाली, भेरी र शारदा लगायतका नदी किनारमा सिंचाइ सुविधा पुर्याउने कुरामा जोड दिइने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन