२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय ओभरलोड गाडी निर्वाध रुपमा चल्दा नेपाली यातायात व्यवसायी मर्कामा

२०७९, १७ बैशाख शनिबार ०१:३६

वैशाख १७, भैरहवा | भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातयात व्यावसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारततीयय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा तौल पुलमा ओभरलोड चेकजाँच गरेका छन ।

सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्नेमा पटक पटकको अनुरोध गर्दासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको  विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघका प्रथम  उपाध्यक्ष सुनिलराज विष्टले बताए ।

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन ।  

ओभरलोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने यातायात व्यवसायी बालकृष्ण बनियाले बताए । ‘हाम्रो अवस्था दयनीय भएको छ। हप्ता दिनसम्म गाडी थन्काउनु परेको अवस्था छ, लाखौ मुल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनु बाहेक केही विकल्प छैन',  बानियाले भने । 

जुनसुकै देशको सवारीसाधान नेपाल आए त्यहँको कानुनलाई मान्नु पर्ने भएपनि दैनिक रुपमा भारतीय गाडी सेटिङको रुपमा  नेपाल प्रवेश गरी ओभरलोड बोकेर देशभर घुमिरहेको पश्चिमाञ्चल यातयात व्यवसयीका उपाध्यक्ष गुप्त बहादुर केसीले भने । 

ओभरलोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भएपनि प्रतिबन्धित गाडी नेपाल आउदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उनले भने । 

शुक्रबार संयुक्र रुपमा गरिएको चेकजाँचले २२ वटा गाडीले ओभरलोड बोकेको पाइएको छ । 


मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए संस्थाले ट्रक नविकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट बञ्चित हुनुपर्नेलगायतका व्यवस्था रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर