६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताकाे दाेस्राे दिन सेयर बजार सुधाराेन्मुख

२६ बैशाख २०७९, सोमबार ११:५६

वैशाख २६, काठमाडौँ | साताकाे दाेस्राे दिन साेमबार सेयर बजारकाे कारोबार  सामान्य बृद्धि भएको छ ।  सोमबार १२  दशमलव २७ अंक बढेर बजार  २२ सय ६८ दशमलव  ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा  फर्कन खोजेको देखिन्छ ।

कारोबार रकममा पनि आइतबारको तुलनामा साेमबार सुधार आएको छ । आइतबार एक अर्ब ३२ करोड बराबरको कारोबार भएको छ भने साेममबार एक अर्ब ३९ करोड बराबरको कारोबार भएको छ ।  बजारमा साेमबार २२२ वटा कम्पनीको  २८ हजार ६७५ वटा कारोबार हुँदा ३३ लाख २४ हजार ८३२  कित्ता सेयर कारोबार भएको छ। 

२२२ वटा कम्पनीका मध्ये १३२ कम्पनीका सेयरधनीले  कमाउन सफल भएका छन्।  अत्याधिक कमाउने मध्ये सधैंझैं जाल्पा लगुवित्तले साेमबार पनि सर्किट लेबलमा कारोबार गर्न सफल भएको छ ।  यस लघुवित्त १० प्रतिशत बढेर १८ सय ३९ दशमलव ८ मा अन्तिम कारोबार  गर्न सफल भएको छ ।  यसैगरी ७ दशमलव ७७ प्रतिशत बढेर माहुली लघुवित्त १२ सय ९० मा, ६  दशमलव २७ प्रतिशत बढेर उन्नति सहकार्य लघुवित्त १२ सय ७२ मा र आर एस डिसी लघुवित्त ५ दशमलव ३२ प्रतिशत बढेर ६१४ मा  अन्तिम कारोबार गर्न सफल भएको छ । १३ वटा उपसमूहमध्ये सोमबार १० वटा  उपसमूह बढ्न सफल भएका छन् । 

बजार बढे पनि ७५ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । अत्याधिक गुमाउनेमध्ये  हिमालयन ऊर्जा कम्पनी ३ दशमलव ७८ प्रतिशत घटेको छ भने स्वरोजगार लघुवित्त ३ दशमलव २४ प्रतिशत घटेर ८९५ मा र गुह्येश्वरी फाइनान्स ३ दशमलव ०४ प्रतिशत घटेर ३१६ मा अन्तिम कारोबार हुन सफल भएको छ।  १३ वटा उपसमूहमध्ये साेमबार ३ समूह भने घटेका छन् जसमध्ये होटल,  डेभलपमेन्ट बैंक र जीवन बिमा रहेका छन् । 

 कारोबारको आधारमा साेमबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा पर्न सफल भएको छ । यस कम्पनीको साेमबार सात करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ भने एन आईसी इसिया  बैंकको भने पाँच करोड बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै