२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताकाे दाेस्राे दिन सेयर बजार सुधाराेन्मुख

२०७९, २६ बैशाख सोमबार ११:५६

वैशाख २६, काठमाडौँ | साताकाे दाेस्राे दिन साेमबार सेयर बजारकाे कारोबार  सामान्य बृद्धि भएको छ ।  सोमबार १२  दशमलव २७ अंक बढेर बजार  २२ सय ६८ दशमलव  ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा  फर्कन खोजेको देखिन्छ ।

कारोबार रकममा पनि आइतबारको तुलनामा साेमबार सुधार आएको छ । आइतबार एक अर्ब ३२ करोड बराबरको कारोबार भएको छ भने साेममबार एक अर्ब ३९ करोड बराबरको कारोबार भएको छ ।  बजारमा साेमबार २२२ वटा कम्पनीको  २८ हजार ६७५ वटा कारोबार हुँदा ३३ लाख २४ हजार ८३२  कित्ता सेयर कारोबार भएको छ। 

२२२ वटा कम्पनीका मध्ये १३२ कम्पनीका सेयरधनीले  कमाउन सफल भएका छन्।  अत्याधिक कमाउने मध्ये सधैंझैं जाल्पा लगुवित्तले साेमबार पनि सर्किट लेबलमा कारोबार गर्न सफल भएको छ ।  यस लघुवित्त १० प्रतिशत बढेर १८ सय ३९ दशमलव ८ मा अन्तिम कारोबार  गर्न सफल भएको छ ।  यसैगरी ७ दशमलव ७७ प्रतिशत बढेर माहुली लघुवित्त १२ सय ९० मा, ६  दशमलव २७ प्रतिशत बढेर उन्नति सहकार्य लघुवित्त १२ सय ७२ मा र आर एस डिसी लघुवित्त ५ दशमलव ३२ प्रतिशत बढेर ६१४ मा  अन्तिम कारोबार गर्न सफल भएको छ । १३ वटा उपसमूहमध्ये सोमबार १० वटा  उपसमूह बढ्न सफल भएका छन् । 

बजार बढे पनि ७५ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । अत्याधिक गुमाउनेमध्ये  हिमालयन ऊर्जा कम्पनी ३ दशमलव ७८ प्रतिशत घटेको छ भने स्वरोजगार लघुवित्त ३ दशमलव २४ प्रतिशत घटेर ८९५ मा र गुह्येश्वरी फाइनान्स ३ दशमलव ०४ प्रतिशत घटेर ३१६ मा अन्तिम कारोबार हुन सफल भएको छ।  १३ वटा उपसमूहमध्ये साेमबार ३ समूह भने घटेका छन् जसमध्ये होटल,  डेभलपमेन्ट बैंक र जीवन बिमा रहेका छन् । 

 कारोबारको आधारमा साेमबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा पर्न सफल भएको छ । यस कम्पनीको साेमबार सात करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ भने एन आईसी इसिया  बैंकको भने पाँच करोड बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने