संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्द"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाै महिनाभित्रै संचालन हुने भाे त सुनथरालीको बिमानस्थल

२०७३, १६ भाद्र बिहीबार १५:५१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले ‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता भएकाले, अाफ्नै कार्यकालमा अन्तराष्टि्य उडानका लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान खरिद गर्ने र कालिकाेटकाे सुनथराली बिमान स्थलमा ९ महिना भित्र विमान टेकअप गराइ छाड्ने दावी गर्नु भएकाे हाे ।

साक्षात्कारमा मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याए मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउदै अाफ्नाे अब बाकी ८ महिनाकाे कार्यकालमा  सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने अाफु जहाज किन्ने योजनामा अवश्य पनि सफलहुने बिश्वास ब्यक्त गर्नु भएकाे छ । हाल वर्षमा ५०।६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै शाहीले अन्तराष्टिय उडानका लागि अाफ्नै कार्यकालमा विमान खरिद गरी स्वदेशी पुँजीको रुपदिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा बाेल्दै मन्त्री शाहीले देश संघीय राज्यमा गैसकेकोले अब प्रत्येक प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको समेत बताउनु भएकाे छ । देशका बिभिन्न ठाउमा निर्माणा धिन अवस्थामा रहेका बिमान स्थलहरुकाे अवस्थाबारे मुल्यांकन गरी दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न सम्बन्धित निकायलाइ निर्देशन  दिएको बताउदै कालिकाेटमा निर्माणाधिन सुनथराली विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गरीसक्ने बताउदै यसकाे सही सदुपयाेग तथा प्रभावकारीताकाे लागि बाह्य पर्यटन भित्राउने गुरुयाेजना बनाउन अावश्यक रहेकाे बताउनु भएकाे छ । विदेशी पर्यटकहरु नेपालको संस्कृति, कला, नदिनाला अवलाेकन गर्न आउने भएकाले यी सम्पदाहरुको संरक्षण एवम् प्रर्वद्धन गर्नु सबैको दायित्व भएको मन्त्री शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार