भदौ १६, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको स"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाै महिनाभित्रै संचालन हुने भाे त सुनथरालीको बिमानस्थल

१६ भाद्र २०७३, बिहीबार १५:५१

भदौ १६, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले ‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता भएकाले, अाफ्नै कार्यकालमा अन्तराष्टि्य उडानका लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान खरिद गर्ने र कालिकाेटकाे सुनथराली बिमान स्थलमा ९ महिना भित्र विमान टेकअप गराइ छाड्ने दावी गर्नु भएकाे हाे ।

साक्षात्कारमा मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याए मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउदै अाफ्नाे अब बाकी ८ महिनाकाे कार्यकालमा  सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने अाफु जहाज किन्ने योजनामा अवश्य पनि सफलहुने बिश्वास ब्यक्त गर्नु भएकाे छ । हाल वर्षमा ५०।६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै शाहीले अन्तराष्टिय उडानका लागि अाफ्नै कार्यकालमा विमान खरिद गरी स्वदेशी पुँजीको रुपदिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा बाेल्दै मन्त्री शाहीले देश संघीय राज्यमा गैसकेकोले अब प्रत्येक प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको समेत बताउनु भएकाे छ । देशका बिभिन्न ठाउमा निर्माणा धिन अवस्थामा रहेका बिमान स्थलहरुकाे अवस्थाबारे मुल्यांकन गरी दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न सम्बन्धित निकायलाइ निर्देशन  दिएको बताउदै कालिकाेटमा निर्माणाधिन सुनथराली विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गरीसक्ने बताउदै यसकाे सही सदुपयाेग तथा प्रभावकारीताकाे लागि बाह्य पर्यटन भित्राउने गुरुयाेजना बनाउन अावश्यक रहेकाे बताउनु भएकाे छ । विदेशी पर्यटकहरु नेपालको संस्कृति, कला, नदिनाला अवलाेकन गर्न आउने भएकाले यी सम्पदाहरुको संरक्षण एवम् प्रर्वद्धन गर्नु सबैको दायित्व भएको मन्त्री शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला