२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा उछाल : एकैदिन ५६ अंकले वृद्धि, २ अर्ब बढीको कारोबार

२०७९, २८ बैशाख बुधबार १०:४६

वैशाख २८, काठमाडौं | नेपाली सेयर बजार नेप्से बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ ।  अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा नेप्से २ दशमलव ४२ प्रतिशत बढेको छ । नेप्सेमा बुधबार ५३ लाख ३३ हजार १ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो सातासम्म घटेको सेयर बजार यो साताको सुरुवात आइतबारबाट निरन्तर उकालो लाग्दै आएको छ । साताको पहिलो दिन आइतबार २२ सय ३८ अंकबाट बढ्न सुरु भएको सेयर बजार बुधबारसम्म १३० अंकले बढेर २३ सय ६९ अङ्कमा पुगेको छ।

बुधबार नेप्सेको  सेन्सेटिभ इन्डेक्स ९ दशमलव ५२ अंकले बढेर ४ सय ५६ अङ्कमा पुगेको छ । नेप्सेमा २२९ कम्पनी सेयर खरिदबिक्री हुँदा ९ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने २०९ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् ।

सेयर बजारमा उछाल आउँदा बरुण हाइड्रो पावर कम्पनी, गणपति लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, राधी हाइड्रो सिनर्जी हाइड्रो ,युनियन , र युनिभर्सल पावर कम्पनीले १० प्रतिशतको सकारात्मक सर्किट हानेका छन् । नेप्सेमा जम्मा ९ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

नेप्सेको सब इन्डेक्स तर्फ नन् लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २४३ अंकले वृद्धि भएको छ भने लाईफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक , हाइड्रो पावर कम्पनी, माइक्रो फाइनान्स सेक्टरमा १०० अङ्क बढीको वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर