१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुग्यो, १४ खर्बभन्दा बढी व्यापार घाटा

१० जेष्ठ २०७९, मंगलवार ०८:०२

जेठ १०, काठमाडौँ | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ । 

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा यस वर्ष कुल वैदैशिक व्यापार ३०.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ रहेको थियो । 

भन्सार विभागले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात २७.९५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । 


पछिल्लो दश महिना (२०७८ साउनदेखि २०७८ वैशाखसम्म)को अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ५९.८० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको सुरुवाती दश महिनामा नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ खर्ब ३० करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा २४.९४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी